Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दूतावास अगाडि धर्नामा बसेका मानवअधिकारकर्मी पक्राउ - Himalkhabar.com

थप समाचारबिहीबार, मंसिर १७, २०७२

दूतावास अगाडि धर्नामा बसेका मानवअधिकारकर्मी पक्राउ

हिमालखबर

नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानवअधिकार तथा शान्ति समाज नेपालको आयोजनामा बिहान ११ बजेदेखि धर्नामा बसेका २६ जना मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको समाजका सभापति गङ्गाप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा सभापति अधिकारीसहित संस्थापक सभापति कृष्ण पहाडी, अधिकारकर्मी रेणुका पौडेल, कृष्ण कँडेल, प्रताप पौडेल, उत्तम पुडासैनी, पुष्पा केसी, रत्नलक्ष्मी श्रेष्ठ, बटुकृष्ण ढुङ्गेल, रेणुका काउचा, जानुका पन्तलगायत छन् ।

समाजले विश्व मानवअधिकार दिवसका अवसरमा मङ्गलबारदेखि १० दिने विशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
नाकाबन्दी मानवअधिकारमाथिको कुठाराघात हो भन्ने सन्देश सहित हस्ताक्षर सङ्कलन कार्यलाई तीव्रता दिइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>