समाचारबिहीबार, मंसिर १७, २०७२
आमसभा छाडेर उपेन्द्र यादव र महन्थ ठाकुर काठमाडौं फर्किए
सर्लाहीको नवलपुरमा आयोजित आमसभा छाडेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर काठमाडौं आएका छन् ।
नवलपुरमा आयोजित सभालाई यादव र ठाकुरले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई छाडेर दुई नेताहरु काठमाडौं आएका हुन् ।
यादव र ठाकुर वार्तामा सहभागी हुन आएका हुन् । काठमाडाैंमा रहेका ठाकुर ढल्केबरमा १६ मंसीरमा भएकाे सभालाई सम्बाेधन गर्न मधेश झरेका थिए ।
स्रोतका अनुसार आजै सर्व पक्षीय बैठक हुने संभावना छ । परराष्ट्रमन्त्री कमल थापा स्वदेश फर्किएको, प्रमुख दलहरुको बैठकले संयुक्त बैठक बस्ने निर्णय गरेका बेला यी दुई नेता काठमाडौं आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>