समाचारबिहीबार, मंसिर १७, २०७२

मन्त्रिपरिषद् बैठकः मोर्चासँगको वार्तालाई निर्णायक बनाउने

हिमालखबर

सरकारले तराई–मधेशमा आन्दोलनरत मधेशी मोर्चासँगको वार्तालाई निर्णायक बनाउने निर्णय गरेको छ ।

दुई घण्टा बढी चलेको मन्त्रिपरिषद् बैठकले निर्णायक वार्ताका लागि सरकारले आवश्यक वातावरण तय गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता शेरधन राईका अनुसार विभिन्न आन्दोलनका क्रममा चलाइएको मुद्दाको अध्ययन गरी आवश्यक निर्णय लिन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै, क्षतिको अध्ययन गर्ने र राजनीतिक मागहरु संविधान संशोधनमार्फत टुंग्याउने निर्णय भएको छ । मोर्चाले आफ्ना पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै आएको थियो ।

सरकारले जारी वार्तालाई निर्णायक बनाउने निर्णय गरेको प्रवक्ता राईले बताए ।

तीन सचिव सरुवा
बैठकले तीन जना सचिवको सरुवा गरेको छ । निर्णय अनुसार उद्योग मन्त्रालयमा सुर्य सिलवाल, रक्षा मन्त्रालयमा जयमुकुन्द खनाल र भूमी सुधारमा मोहनकृष्ण सापकोटा सरुवा भएका छन् ।

…………………………………………………………………………………

 

मन्त्रिपरिषद् बैठक जारी, मोर्चाको मागबारे छलफल

परराष्ट्रमन्त्री कमल थापा भारतबाट फर्किएलगत्तै मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

सरकारका प्रवक्ता शेरधन राईका अनुसार बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्ताबारे छलफल हुँदैछ ।

“मोर्चाको मागबारे मन्त्रिपरिषदमा छलफल हुने कार्यसूची छ”, सञ्चारमन्त्री राईले भने । मोर्चाका नेताहरु उपेन्द्र यादव र महन्थ ठाकुर वार्ताकै लागि भनेर काठमाडौं आएका छन्, भने बालुवाटारमा विहान भएको प्रमुख दलहरुको बैठकले संयुक्त बैठक गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>