थप समाचारबिहीबार, मंसिर १७, २०७२
मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगको गाडी जलाए
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानव अधिकार आयोगको गाडी जलाएका छन् ।
सर्लाहीको नवपुरमा बा ७ च ७४७६ नम्बर गाडी जलाएका हुन् । उनीहरुले आयोगका कर्मचारीलाई दुव्र्यवहार समेत गरे ।
मोर्चा र चुरेभावरको कार्यक्रम भएकाले त्यसमा हुने सम्भावित मानवअधिकार हननका घटनाबारे अनुगमन गर्न गएको टोलीमाथि मोर्चाका कार्यकर्ताले कुटपिट गरेका थिए ।
घरेलु हातहतियारसहित आएका मोर्चाका कार्यकर्ताले “हामी मानवअधिकार सधिकार केही पनि जान्दैनौ” भन्दै गाडी तोडफोड र आगजनी गरेको र त्यसबाट आफनो क्यामरालगायत कागजपत्र जलेर नष्ट भएको आयोगले जनाएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>