समाचारबिहीबार, मंसिर १७, २०७२

केरुङ जोड्ने सडक दुई बर्षभित्र दुई लेनको बनाइने

सइन्द्र राई

धादिङको गल्छीदेखि चीनको केरुङ जोड्ने ८२ किलोमिटर सडक खण्डलाई दुई वर्षभित्र दुई लेनको बनाइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र सडक पूरा गर्नेगरी काम अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले बताए । उनका अनुसार यसका लागि आवश्यक बजेट मिलाउन भौतिक योजना तथा निर्माण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

सडक निर्माणका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक विभाग र नेपाली सेनाले समन्वय गर्नेछ । सरकारले सडक बनाउन अन्य सरकार निकायहरुलाई समेत परिचालित गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>