समाचारबिहीबार, मंसिर १७, २०७२

भारतीय संसदमा विदेशमन्त्री स्वराजले भनिन्, ‘भारतले कुनै नाकाबन्दी गरेको छैन’

हिमालखबर

susmaभारतीय विदेशमन्त्री सुस्मा स्वराजले राज्यसभा बैठकमा नेपालमा भारतले कुनै नाकाबन्दी नगरेको बताएकी छन् ।

उनले नेपाली भूमिमा नेपालहरुले नै अवरोध गरेको र यसमा भारतले हस्तक्षेप गर्न नसक्ने बताइन् । विदेशमन्त्री स्वराजले आपूर्ति सहज गर्न भारतले सक्दो सहयोग गरेको उल्लेख गरेकी छन् ।

‘नेपालका परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा आन्दोलनरत मोर्चासँगको वार्तामा प्रगति भइरहेको कुरामा आश्वस्त पार्नुभयो । चाँडै निकास निस्कन सक्छ’, विदेशमन्त्री स्वराजले उल्लेख गरेकी छन् । उनले एक सर्वदलीय प्रतिनीधि मन्डल नेपाल भ्रमण पठाउन प्रस्ताव समेत गरेकी छन् ।

स्वराजले भारतका विदेश सचिवले तराई–मधेशमा आउनसक्ने जटिलताबारे पहिले नै जानकारी दिएपनि आफ्नो सल्लाह नेपालका नेताहरुले वेवास्ता गरेको जनाएकी छन् । बक्तव्यमा उल्लेख गरिएको छ, ‘दुई पटक संविधानसभाको निर्वाचन गराउन सफल अन्तरिम संविधानमा व्यवस्था गरिएको प्रावधान समेत हटाएर नेपालका आधा बढी जनसंख्यालाई असुन्तष्ट बनाइएको छ ।’

उनले संयुक्त राष्ट्र अमेरिका , बेलायत र राष्ट्र संघले पनि समाबेशी संबिधान र वार्ताद्वारा समस्याको समाधानको पक्षमा रहेको उल्लेख गरेकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>