समाचारशुक्रबार, मंसिर १८, २०७२
नेपालगञ्ज–रुपैडिहा सीमा–नाका दुई दिनका लागि बन्द
भारतमा स्थानीय निकायको निर्वाचन हुन लागेकाले नेपालगञ्ज–रुपैडिहा सीमा नाका दुई दिनका लागि बन्द गरिएको छ ।
भारतमा हुने स्थानीय ग्रामसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राखी नाका भोली १९ मंसीर सम्मका लागि ‘सिल’ गरिएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतका अनुसार १८ मंसीर बिहान साढे ९ बजेपछि नाकाबाट सवारी साधन आवातजावतमा पूर्ण रोक लगाइएको छ ।
भारतीय नम्बर प्लेटका मोटरसाइकलहरुलाई भने आज एकतर्फी रुपमा भारततर्फ जान दिएको र पैदल यात्रुलाई समेत आज आवतजावतमा रोक नलगाइएको जमुनाहा प्रहरीले जनाएको छ ।
भोली, १९ मंसीरमा भने नाका पूर्णरुपमा ठप्प हुनेछ ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>