समाचारशुक्रबार, मंसिर १८, २०७२

उधारो सहमति हुँदैनः मनिष सुमन

हिमालखबर

manish sumanसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज हुने त्रिपक्षीय वार्ताका लागि दिउँसोसम्म औपचारिक जानकारी नपाएको जनाएको छ ।

मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले वार्ताका लागि औपचारिक जानकारी नपाएको बताए । उनले भने, “वार्तामा बस्न तयार छौं, तर वार्ता हुँदैछ भन्ने प्रधानमन्त्रीको ट्वीटरबाट मात्रै थाहा भयो । औपचारिक खबर आउँदै होला ।”

उनले यो वार्तामा उधारो सहमति नगर्ने बताए । “समाचार आएअनुसार नै सरकारको प्रस्ताव हो भने मान्य हुँदैन”, सुमनले भने ।

महासचिव मनिष सुमनले सीमाकंनबारे प्रष्ट धारणा आए सहमति हुनसक्ने बताए । उनले भने, “सीमाकंनमा पनि नगदमै सहमति हुनुपर्छ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे त्रिपक्षीय बैठक बोलाइएको ट्वीट गरेका छन् । त्यसअघि, मोर्चा, कांग्रेस र एमाओवादीसँग विभिन्न चरणमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका छन् ।

वार्ताका लागि भनेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुर काठमाडौं आइसकेका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष महिन्द्र राय यादव भने वार्तामा नआउने भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>