समाचारशुक्रबार, मंसिर १८, २०७२
पूर्व सभामुख नेम्वाङ स्थायी कमिटीमा मनोनित, माधव नेपाल विदेश विभाग प्रमुख
नेकपा एमालेले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई पार्टीको स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।
१८ मंसीरमा बसेको एमाले स्थायी कमिटी बैठकले नेम्वाङलाई स्थायी कमिटी सदस्य र बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको उपमहासचिव घनश्याम भूसालले जानकारी दिए ।
बैठकले बरिष्ठ नेता झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठानको जिम्मेवारी दिएको छ भने पूर्वाञ्चल प्रमुखमा पार्टी सचिव भीम आचार्यलाई नियुक्ति गरेको छ ।
उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति बनेपछि आचार्यलाई पूर्वाञ्चल प्रमुख बनाइएको हो ।
एमालेले १७ मंसीरमा बसेको प्रमुख तीन दलबीच कायम सहमति अनुसार वार्ता प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । संसदमा पेश भएको संशोधन विधेयक अघि बढाउने र सीमाकंनबारे छलफल गर्दै जाने निर्णय तीन दलबीच भएको छ ।
त्यस्तै आगामी २१ र २२ मंसीरमा चितवनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय समेत एमालेले गरेको छ ।