Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सिरहामा मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए - Himalkhabar.com

थप समाचारशुक्रबार, मंसिर १८, २०७२

सिरहामा मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए

हिमालखबर

सिरहाको महेशवारीमा मधेशी मोर्चाका कार्यकर्ताले ग्यास सिलिन्डर बोकेको मोटरसाइकलमा आगजनी गरेका छन् ।

महेशवारीस्थित इलाका प्रहरी कार्यालय अगाडि लहान–डाठी सडक खण्डमा ज ६ प ५६८९ नम्बरको पल्सर मोटरसाइकलमा मोर्चाका कार्यकर्ताले आगजनी गरी ध्वस्त पारेका हुन् ।

मोटरसाइकलमा भारतीय बजार लौकहाबाट ग्यास सिलिन्डरमा भरेर ल्याउने क्रममा पाँच जनाको समूहमा रहेका व्यक्तिहरुले मोटरसाइकल रोकेर आगजनी गरेको पीडित सप्तरी हरिपुरका श्रीराम साहले जानकारी दिए ।

उनले भने, “ग्यासको व्यापारी हो भन्दै मोटरसाइकल रोक्यो । म व्यापारी हैन, घरका लागि ग्यास लाँदैछु भन्दाभन्दै गाडीको पेट्रोल पाइप खोलेर आगो लगाए ।”

यता, इलाका प्रहरी कार्यालय महेशवारीले मोटरसाइकल जलाएको आशङ्कामा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजलाल यादवका गाडी चालक अजय यादवलाई नियन्त्रणमा लिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>