समाचारशुक्रबार, मंसिर १८, २०७२

नाकाबन्दी एक साताभित्र हट्छ: सञ्चारमन्त्री राई

हिमालखबर

sherdhanसञ्चारमन्त्री शेरधन राईले भारतले लगाएको नाकाबन्दी एक हप्ताभित्र हट्ने दाबी गरेका छन् ।

गृह जिल्ला भोजपुर पुगेका सरकारका प्रवक्ता समेत रहेका राईले १८ मंसीरमा पत्रकारसँग कुरा गर्दै नाकाबन्दी अन्त्य गर्न सरकारले पहल गरिरहेको र अब एक सातामा जारी समस्याको समाधान हुने भन्दै नाकाबन्दीसमेत हट्ने दाबी गरेका हुन् ।

नाकाबन्दीले नेपालीलाई ठूलो मार परेको भए पनि सहनशील हुँदै सरकार कुनै पनि हालतमा भारत सामु नझुक्ने राईले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>