समाचारशुक्रबार, मंसिर १८, २०७२

मोर्चाका नेताहरु भारतीय दूतावासमा, बालुवाटार वार्ता स्थगित

हिमालखबर

तीन दल र मधेशी मोर्चाबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।

मोर्चाका नेताहरुले आफूहरु व्यस्त रहेकाले आज हुने भनिएको वार्तामा सहभागी हुन नसक्ने खबर पठाएपछि वार्ता हुन नसकेको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

“उहाँहरुले व्यस्तताका कारण आजको वार्तामा नआउने भन्नुभयो, अब वार्ताको लागि अर्को मिति तय हुनेछ,” नेता नेपालले भने ।

यसैबीच मोर्चाका नेताहरु लैनचौरस्थित भारतीय राजदूतावासमा पुगेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपाका रामनरेश राय यादवलगायतका मधेश केन्नेद्रित दलका नेताहरु भारतीय दूतावासमा पुगेको बुझिएको छ ।

——————————————————————————-

बालुवाटार वार्ता अझै शुरु भएन

प्रमुख प्रतिपक्षी कांग्रेससहित सत्तारुढ दलहरु र मधेशी मोर्चाबीच आज साँझ ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको वार्ता अझै शुरु भएको छैन ।

मोर्चाका नेताहरु अहिले ६ः३० बजेसम्म पनि बालुवाटार पुगिसकेका छैनन् ।

तीन दलका शीर्ष नेताहरु भने बालुवाटार पुगिसकेका छन् । अहिले सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ ।

छलफलका बीचमै प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भएर आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>