समाचारशुक्रबार, मंसिर १८, २०७२
मोर्चाको मागबारे प्रमुख प्रतिपक्षी र सत्तारुढ दलहरुको तीन बुँदे साझा अवधारणा
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारुढ दलहरुले मधेशी मोर्चाको माग सम्बोधन गर्न तीन बुँदे साझा अवधारणा बनाएका छन् ।
एमाले, एमाओवादी, राप्रापा नेपाल लगायतका सत्तारुढ दलहरु र नेपाली कांग्रेसको आज बालुवाटारमा भएको बैठकले समानुपातिक समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र निर्धारणका लागि संसदमा दर्ता भएको संशोधन विधेयकलाई थप संशोधन गरी प्रक्रिया अघि बढाउने प्रस्ताव गरेका छन् ।
त्यसैगरी प्रदेशको सिमांकन सम्बन्धमा राजनीतिक समिति गठन गरी तीन महिनामा टुंगो लगाउने पनि बैठकले प्रस्ताव गरेको छ ।
बैठकले मधेश केन्द्रित दलहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गर्ने पनि निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>