समाचारशुक्रबार, मंसिर १८, २०७२

मोटरसाईकलमा आगजनी गर्ने क्रममा सात जना घाइते

हिमालखबर

वीरगञ्ज–रक्सौल सीमामा मोटरसाइकलमा आगो लगाउने क्रममा मधेशी मोर्चाका ७ जना कार्यकर्ता घाइते भएका छन् ।

तस्वीर: सुरेश विडारी

तस्वीर: सुरेश विडारी

अहिरवाटोलको बाटो हुँदै रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको मोटरसाइकललाई रोकेका मोर्चाका कार्यकर्ताहरुले मोटरसाइकलमा टयांकीभरी पेट्रोल रहेको देखेपछि तस्करी गर्न लागेको भन्दै आगो लगाएको नेपाल सदभावना पार्टीका पर्सा सचिव कृष्णा पटेलले बताए ।

मोटरसाइकलको ट्यांकी खोलेर पेट्रोल खन्याउने क्रममा आगो लगाइएकाले मोटरसाईकल ह्वारह्वारती बल्दा छेउमा रहेका मोटरसाकल चालक पर्साको निचुटाका दिलिप चौधरी, उनका साथी अरुण चौधरी सहित मधेशी मोर्चाका ५ जना कार्यकर्ताहरु जलेर घाईते भएका हुन् ।

आगजनीबाट ना ३ प ४३४९ नम्बरको पल्सर मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

घाईते मध्ये मोर्चाका कार्यकर्ता मुस्तफा हवारीको दुवै खुट्टा जलेको छ भने अन्य कार्यकर्ताहरुको हात र कपाल जलेको प्रत्यक्षदशीले बताएका छन् ।

घाईते सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

१६ मंसीर राति र १७ मंसीर विहान दशगजामा धर्ना दिइरहेका मधेशी मोर्चाका नेता–कार्यकर्ता र भारत रक्सौलका वासिन्दाबीच झडप भएपछि मोर्चाले सीमा नाकाको धर्नालाई थप कडा बनाएको छ ।

मोर्चाले अहिले मोटरसाइकल, टाँगा समेत आवतजावतमा रोक लगाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>