समाचारशुक्रबार, मंसिर १८, २०७२
म्याच–फिक्सिङका आरोपी पाँच खेलाडीलाई आजीवन प्रतिबन्ध
एसियाली फुटबल महासंघ (एएफसी)ले म्याच–फिक्सिङका आरोपी पाँच नेपाली खेलाडीलाई आजिवन प्रतिबन्ध लगाएको छ । एएफसीको अनुशासन कमिटीले १८ असोजमा सागर थापा, सन्दिप राई, विकाससिं क्षेत्री, रितेश थापा र अन्जन केसीलाई आजिवन प्रतिबन्ध लगाएको हो ।
खेलाडीहरूले सन् २००८ देखि खेल हार्ने शर्तमा प्रति खेल जनही पाँच लाख रुपियाँ लिएको विषयमा अनुसन्धान भईरहेको थियो । अनुशासन कमिटीले एएफसीको डिसिप्लनरी कोडको धारा ६२ र ६९ उल्लंघन गरेकाले कारवाही गरेको जनाएको छ ।
२७ असोजमा नेपाल प्रहरीले म्याच फिक्सिङको आरोपमा पाँचै जनालाई पक्राउ गरेको थियो । उनीहरू २४ कार्तिकमा धरौटीमा रिहा भएका छन् ।
स्पोर्टराडार र नेपाल प्रहरीको छानबिनमा नेपालले सन् २००८ यता खेलेका २३ मध्ये अफगानिस्तान, मलेशिया, फिलिपिन्स, भारत, सियरालियोन र दक्षिण कोरियासँगको प्रतिस्पर्धामा यस्तो अपराध प्रमाणित भएको नेपाल प्रहरीको दाबी छ।
सम्बन्धित समाचारहरू