थप समाचारशनिबार, मंसिर १९, २०७२

एसएसबीले नेपाल प्रवेशगरी एक युवकलाई नियन्त्रणमा लियो

हिमालखबर

भारतीय सशस्त्र सीमा वल (एसएसबी) ले हतियारसहित नेपाल प्रवेश गरी मोरङको बुधनगर– ५ भेडियारीका रञ्जित यादवलाई पक्राउ गरी भारत लगेको छ ।

रञ्जितका काका दिलिप यादवका अनुसार १८ मंसीर बिहान साढे ५ बजे शौच गर्न खेतमा गएका रञ्जितलाई दशजगा भन्दा सय मिटर उत्तर (नेपाल तर्फ) आएका हतियारधारी एसएसबीले पक्राउ गरेर लगेका हुन् ।

१९ वर्षीय रञ्जितले तेल तस्करहरुबाट रकम लिने असुली गर्ने र गुण्डागर्दी गरेको एसएसबीले आरोप लगाएको दिलिपले भने ।

रञ्जितका आफन्तले उनलाई एसएसबीले पक्राउ गरेको बारेमा नेपालको प्रशासन गुहारेर केही नहुने भन्दै छुटाउन भारतीय प्रहरीसलाई आग्रह गरेका छन् ।

नेपालीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेकोे बारे जानकारी नआएको मोरङ प्रहरी प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए ।
रञ्जितका आफन्तले जोगवनीस्थित एसएसबी क्याम्पमा गएर छुटाउन पहल गरेका थिए, आफन्तका अनुसार अहिले रञ्जितलाई एसएसबीले जोगवनी प्रहरीको जिम्मा लगाएको छ भने उनलाई छुटाउन अदालत जान भारतीय प्रहरीले सुझाव दिएको छ ।

विराटनगर २२ मटेरुवास्थित भारतीय सीमामा बिहीबार नेपाली र भारतीय नागरिक बीच बिवाद भई कुटाकुट भएको थियो । घटनाको बिरोधमा भारतीयले जोगवनी नेताचोकमा शुक्रबार दिनभर प्रर्दशन गरेका थिए ।

घटनाका विषयमा अररिया जिल्लाका डीएम र प्रहरी प्रमुखसमेत जोगवनी आएकाले पनि रंजितलाई कानुनी कारवाहीका लागि हिरासतमा राखिएको बताइएको छ ।

अघिल्लो दिनको बिवादमा नेपाली संलग्न भएको आरोपमा रंजितलाई पक्राउ गरिएको स्थानीयको अनुमान छ ।

अघिल्लो दिनको दुई देश बीचका सीमावर्ति क्षेत्रका नागरिकको बिवादका कारण त्यस क्षेत्रमा भारतीय सुरक्षाकर्मीले आवत जावतमा कडाई गरेको छ ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>