थप समाचारशनिबार, मंसिर १९, २०७२

कोलम्बियाः ‘अर्बौं डलरको खजाना’ भरिएको जहाज भेटियो

हिमालखबर

colombiaदक्षिण अमेरिकी देश कोलम्बियामा खजानाले भरिएको स्पेनको ऐतिहासिक पानी जहाज भेटिएको छ । जहाजमा भएको खजानको मूल्य अर्बौ डलर हुनसक्ने बताइएको छ ।

कोलम्बियाका राष्ट्रपति म्यानुअल स्यान्टोसले ट्वीट गरेर सेन जोस जहाजको भग्नावशेष भेटिएको पुष्टि गरेका हुन् ।

उनले लेखेका छन, “ठूलो खबर छ, हामीले पुरानो जहाज सेन जोस भेट्टाएका छौं । यसबारे थप जानकारी पत्रकार सम्मेलनमार्फत दिनेछौं ।”

सन् १७०८ मा ‘स्पेनी उत्तराधिकार युद्ध’ का बेला यो जहाजमाथि आक्रमण गरेर बेलायतले डुबाइदिएको थियो ।

जहाजमा पन्नासाथै सुन र चाँदका सिक्का भरिएको अनुमान गरिएको छ ।

रोयटर्सबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>