समाचारशनिबार, मंसिर १९, २०७२
छिट्टै नाकाबन्दी खोल्न भारत बाध्य हुन्छ: उपप्रम मैनाली
उपप्रधानमन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि बिग्रिएकाले भारत छिटै नाकाबन्दी खोल्न बाध्य हुने दाबी गरेका छन् ।
रुपन्देहीमा १९ मंसीरमा आयोजित साक्षात्कारमा उपप्रधानमन्त्री मैनालीले बिनाकारण नाकाबन्दी लगाएकाले नाकाबन्दी खोल्न भारतलाई भारतीय नागरिकलगायत अन्तर्राष्ट्रिय जगत्बाट समेत व्यापक दबाब बढेकाले भारतले छिट्टै नाकाबन्दी खोल्ने विश्वास व्यक्त गरे ।
यसअघि भारतसँग मात्रै निर्भर रहेको नेपालको व्यापार अवका दिनमा अन्य मुलुकसँग पनि विस्तार गर्ने गरी सरकारले गृहकार्य गरिरहेको जानकारी उनले दिनुभयो ।
नेकपा(माले) का महासचिव मैनालीले भने “तीनतिरबाट घेरिएको छिमेकी मुलुकले भन्सार रोक्नु भनेको मान्छेको घाँटी थिच्नु जस्तै हो ।”
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
