समाचारशनिबार, मंसिर १९, २०७२

मधेशीको अधिकार सुनिश्चित गरिएको संविधान कार्यान्वयनमा मोर्चाको चुनौतीः देउवा

हिमालखबर

deubaनेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेशीलगायत सबैको अधिकार सुनिश्चित गरिएको संविधान कार्यान्वयनमा मधेशी मोर्चाले अवरोध गरिरहेको आरोप लगाएका छन् ।

कांग्रेस निकट केन्द्रीय पर्यटन विभागको काठमाडौंमा भएको कार्यक्रममा देउवाले महिनौँदेखिको बन्द, हड्ताल र नाकाबन्दीका कारण जनताले सास्ती खेप्नु परेकाले जतिसक्दो चाँडो वार्ता, संवाद र सहमतिका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिए ।
उनले आन्दोलन स्थगन गरेर वार्तामा आउन मधेशकेन्द्रित दललाई आग्रह गरे ।

देउवाले दलित, महिला, मुसलमान, मधेशीलगायत सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार नयाँ संविधानमा सुनिश्चित गरिएको भन्दै त्यसको कार्यान्वयनमा मधेशी मोर्चाले चुनौती खडा गरेको दाबी गरे ।

कार्यक्रममा बोल्दै कांग्रेसका नेता विमलेन्द्र निधिले एकले अर्कालाई आरोप–प्रत्यारोपभन्दा पनि मधेश आन्दोलनले ल्याएको नाकाबन्दी र त्यसले निम्त्याएको समस्या समाधान गर्न राजनीतिक दलबीच एकता हुनुपर्ने औँल्याएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>