खेलकुदशनिबार, मंसिर ९, २०६९
पुलिसको लज्जास्पद हार
तुलनात्मक रुपमा कमजोर मानिएको संकटाले ९ मंसिरमा पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको हो । संकटाका लागि रितेश खड्काले २३ औं र एकजन तुलाधरले ६९ औं मिनेटमा गोल गरेका थिए । उपाधिको दाबेदार मानिएको पुलिसले दुई खेलबाट जम्मा एक अंक जोडेको छ ।
आजै भएको अर्को खेलमा नवप्रवेशी मध्यपुर युथ एसोसियसनले मछिन्द्र क्लबलाई गोल रहित बराबरीमा रोकेको छ । ५ मंसिरमा भएको पहिलो खेलमा पनि मध्यपुरले पुलिसलाई बराबरीमा रोकेको थियो । पहिलो खेलमा जावलाखेल क्लबलाई पराजित गरेको मछिन्द्रको भने दुई खेलबाट चार अंक भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
