समाचारआइतबार, मंसिर २०, २०७२

सुषमा स्वराजको मन्तब्य हस्तक्षेपकारीः परराष्ट्र मन्त्री थापा

हिमालखबर

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा परराष्ट्र मन्त्री कमल थापा । तस्वीरः हिमाल खबर

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा परराष्ट्र मन्त्री कमल थापा । तस्वीरः हिमाल खबर

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय विदेश मन्त्री सुषमा स्वराजले राज्यसभामा राखेको मन्तब्य हस्तक्षेपकारी र भ्रमपूर्ण भएको बताएका छन् । सिंहदरबारमा २० मंसिरमा बसेको व्यवस्थापिका–संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा थापाले भने, “भारतीय विदेश मन्त्रीले त्यहाँको राज्यसभामा राख्नु भएको मन्तब्यका केही विषय भ्रमपूर्ण र हस्तक्षेपकारी छन् ।”

१७ मंसिरमा भारत भ्रमणबाट फर्केका थापाले स्वराजले गलत व्रिफिङ सुनेर १४ बुँदे मन्तब्य राखेको हुनसक्ने बताए । आफ्ना भारतीय समकक्षीको मन्तब्य विरुद्धमा आफूले व्यवस्थापिका संसदको बैठकमा आवाज उठाउने समेत उनले जानकारी दिए ।

भारतसँग सरकारले के सम्झौता गरेको हो ? भन्ने सांसदहरूको प्रश्नको जवाफमा परराष्ट्र मन्त्री थापाले भारतसँग आफूले कुनै सम्झौता नगरेको दाबी गरे । मधेश समस्या नेपालको नितान्त आन्तरिक मामिला भएको र मधेश केन्द्रित दलले उठाएका जायज माग सम्बोधन गर्ने पहल भईरहेको उनको भनाई थियो ।

भारतले नाकाबन्दी गर्नुको पछाडि मधेश केन्द्रित दलको आन्दोलन मात्रै कारक नभएको थापाले ठोकुवा गरे । यद्यपि उनले नाकाबन्दीको पछाडि भारतको के स्वार्थ छ भन्ने कुरा बैठकमा खुलाउन चाहेनन् ।

बैठकमा थापाले नाकाबन्दी हट्नेमा आफू आशावादी रहेको तर कहिले खुल्छ भन्ने अझै स्पष्ट नभईसकेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>