थप समाचारआइतबार, मंसिर २०, २०७२

ग्यास उद्योगी घनश्यामसहित पाँच पक्राउ

हिमालखबर

प्रहरीले ग्यास कालोबजारीको आरोपमा बारास्थित अम्बर ग्यास उद्योगका सञ्चालक घनश्याम क्याल सहित ५ जनालाई पक्राउ गरेको छ ।

१९ मंसीर बेलुका प्रहरीले उद्योगबाट ८० वटा ग्यास भरिएका सिलिण्डर, एउटा ग्यास बुलेट र ट्याक्टरमा हालेर बेच्न लैजान लागेको २० वटा ग्यास सिलिण्डर बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सञ्चलक  क्याल, उद्योगका व्यवस्थापक रविन्द्र दास, ट्याक्टर चालक सञ्जय पटेल, सहयोगी जगन्नाथ साह र विनोद दुन्ने छन् ।

ग्यासको कालो बजारी गरिरहेको सूचनाको अधारमा गढीमाई नगरपालिका ७ जीतपुर लालका पुल छेउमा रहेको अम्बर ग्यास उद्योगमा छापामारी गरेर उनीहरुलाई पक्राउ गरिएको बाराका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

उनीहरुलाई कालाबजारी ऐन अन्तर्गत मुद्दा चलाउने तैयारी भैरहेको छ ।
-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...