थप समाचारआइतबार, मंसिर २०, २०७२

बाराः बिग्रिएको बसमा आगजनी

हिमालखबर

बारामा विग्रिएर सडक छेउमा रोकिराखेको एक बसमा आगजनी भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको १३ किलोमिटर भन्ने स्थानमा रोकिरखोको ना.४.ख.३२१६ नम्बरको बस आगजनीबाट ध्वस्त भएको छ । बसमा आगजनी कसले गर्‍यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

नायब प्रहरी उपरीक्षक विनोद शर्माले भने, “घटनास्थलको ५ किलोमिटर वरपर मानववस्ती छैन । आगो लागेका बखत बसका कर्मचारी पनि त्यहाँ थिएनन् र उनीहरु अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् ।”

इलाका प्रहरी कार्यालय सिमराबाट गएको प्रहरीको टोलीले आगो निभाएको भए पनि बस पूर्ण रुपमा जलिसकेको प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>