समाचारआइतबार, मंसिर २०, २०७२

मोर्चाका शीर्ष नेताहरु नयाँ दिल्लीमा

हिमालखबर

12356794_568547793300451_7646694928881937855_oतीन महीनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु नयाँ दिल्ली पुगेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मेधश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादव दिल्ली पुगेका हुन् ।

सरकारसँगको वार्ता छोडेर अचानक दिल्ली पुगेका मोर्चाका शीर्ष नेताहरुलाई भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले स्वागत गरेका छन् । उनीहरुले त्यहाँ भारतीय सरकार तथा विभिन्न नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार मोर्चाका नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज, कंग्रेस आइका नेता करण सिंह, जनता दलका अध्यक्ष शरद यादवलगायतलाई भेट गर्नेछन् ।

प्रधानमन्त्री मोदीलाई भोलि मात्रै भेट गर्ने मोर्चाका नेताहरु आज साँझ ७ः३० बजे विदेश मन्त्री स्वराजको डिनर मिटिङमा बस्नेछन् । १८ मंसीरमा बालुवाटारमा बोलाइएको त्रिपक्षीय बैठक बहिष्कार गर्दै मोर्चाका नेताहरु दिल्ली पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>