Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सबै चालक केरुङ जान नपाउँदा सामान अड्कियो - Himalkhabar.com

थप समाचारआइतबार, मंसिर २०, २०७२

सबै चालक केरुङ जान नपाउँदा सामान अड्कियो

हिमालखबर

kerungउत्तरी सीमानाका रसुवागढीबाट सबै सवारी चालकलाई चीनको केरुङ जाने वातावरण बनाइदिन व्यवसायीले आग्रह गरेका छन् ।

नेपाल व्यापार सङ्घका केन्द्रीय अध्यक्ष कुमार कार्कीले जिल्ला बाहिरका सवारी चालक मितेरी पुलबाट केरुङ जान नपाउँदा सामान आयतमा चर्को समस्या परेको बताए ।

चीनबाट नेपाल आउने सामानको ढुवानी कार्यमा संलग्न चिनियाँ मुसा ट्रान्सपोर्टका प्रबन्धक च्याङसे पिङले नेपालका सबै व्यवसायीले मगाएका सामान ल्हासाबाट छिटोभन्दा छिटो ढुवानी गरीरहे पनि नेपाली कन्टेनर पर्याप्त रुपमा केरुङ नपुग्दा सामान पठाउन समस्या परिरहेको जानकारी दिए ।

तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट सामान पठाउन केरुङमा गोदामको व्यवस्थापन गरिसकेको तर, नेपालबाट पर्याप्त मात्रामा कन्टेनर केरुङ् नपुग्दा सामान केरुङ्मै अड्केको उनले बताए ।

ब्यवसायी कार्कीले आफ्नो कन्टेनर लिएर लोड गर्ने स्थान केरुङ जान रसुवा जिल्ला बाहिरका चालकलाई चीन प्रशासनले नदिएको भन्दै थपे, “चालकलाई पठाउने वातावरण सिर्जना गर्न जरुरी छ ।”

उनले कूटनीतिक पहलबाट सबै सवारी चालकलाई केरुङ जाने वातावरण सिर्जना गरिदिन सरकारसमक्ष आग्रह गरिएको जानकारी दिए ।

सङ्घका अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवलगायत पदाधिकारीले आफ्नो व्यवसाय गर्ने मार्गअन्तर्गत गल्छी–रसुवागढीसम्मको स्थलगत अध्ययन गरेका छन् ।
सडक फराकिल पार
स्याँफ्रूभन्दा माथि सडक फराकिलो पारी सहज पारिदिन समेत चालकहरुले आग्रह गरेका अध्यक्ष कार्कीले बताए ।

चालकले बाटोमा भोग्नु परेको समस्या र स्थानीयस्तरमै हल हुने विषयवस्तु समाधानका लागि स्थानीय प्रहरी प्रशासन समक्षसमेत आग्रह गरिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>