रमझमआइतबार, मंसिर २०, २०७२
अष्ट्रेलियाको एडीलेडमा नेपाली सांगीतिक कार्यक्रम
गत वैशाखको भूकम्प बाट जोखिममा परेकाहरुको सहयोगको लागि शनिबार साउथ अस्ट्रेलियाको एडीलेडमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।
पुण्य फाउन्डेसनले आयोजना गरेको “सांगीतिक साझ २०१५” मा गायक दिप श्रेष्ठ , गायक तथा गीतारिस्ट अनिल शाहीसंगै स्थानिय गायिका प्रजिता गेलाल, सदा श्रेष्ठ, गायक टेकेन दाहाल लगायतले पनि आफ्नो प्रस्तुति दिए ।
स्वर सम्राट नारायाण गोपालको २५ औ स्मृति दिवसको अवसर पारी कार्यक्रमको आयोजना गरिएको हो।
एडीलेडको डोम पल्सकी सेन्टरमा अनिल शाहीको गितार वादनसँगै बसन्ती केसीको फ्लेमिंगो डान्सले हलका दर्शकलाई हौस्याएको थियो ।
दीप श्रेष्ठले ‘म पत्थरको देवता…’ बोलको गीत बाट आफ्नो प्रस्तुति शुरु गरी दर्जन गीत गाए । युगल गीतमा दीपलाई नव गायिका सदा श्रेष्ठले साथ दिईन ।
कार्यक्रम बाट प्राप्त हुने मुनाफा भूकम्प प्रभावित बालबालिकाको शिक्षाको लागि खर्च गरिने पुण्य फाउन्डेसन अस्ट्रेलिया उपसंयोजक तथा कार्यक्रमका संयोजक तिलचन्द सापकोटाले बताए ।
-प्रदीप निरौला, साउथ अस्ट्रेलिया