थप समाचारआइतबार, मंसिर २०, २०७२

पेट्रोलमा पानी मिसाएर बेच्ने पक्राउ

हिमालखबर

बाराको सिमरामा पेट्रोलमा पानी मिसाएर बेच्दै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

baraइलाका प्रहरी कार्यालय सिमराको टोलीले पानी मिसाइएको पेट्रोलचर्को मुल्यमा बिक्री गरिरहेका पर्सा, भवानीपुरका संतोष पटेललाइ ४० लिटर पेट्रोल सहित पक्राउ गरेको छ ।

पारदर्शी बोत्तलमा शुद्ध पेट्रोल देखाएर कालो रंगको जर्किनमा पानी मिसाइएको पेट्रोल राखी प्रति लि. रु २६० का दरले बिक्री गरिरहेका पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त पेट्रोलमा ६० प्रतिशत पानी र ४० प्रतिशत पेट्रोल मिसाइएको प्रहरीले जनाएको छ ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>