समाचारसोमबार, मंसिर २१, २०७२
एक महिनाभित्र औषधि खरिदः स्वास्थमन्त्री चौधरी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले औषधिको अभाव खड्किएको बताउँदै एक महिनाभित्र औषधि खरिद गरिसकिने बताएका छन् ।
भरतपुरमा पत्रकारहरूसँग उनले गोदामहरूमा बढीमा ४० दिनका लागि मात्रै औषधि भएकाले अब पनि ढिलो भए जीवन सुरक्षाका लागि अत्यावश्यक औषधिको अभाव हुने बताए ।
स्वास्थ्यमन्त्री चौधरीले पुरानो खरिद प्रक्रियाबाट औषधि झिकाउन सम्भव नहुने भन्दै फास्टट्र्याकबाट औषधि खरिदका लागि कार्यविधि तयार भइसकेको उल्लेख गरे ।
एक दुई दिनभित्र टेन्डर आह्वान गरिने भन्दै मन्त्री चौधरीले गुणस्तरप्राप्त नेपाली कम्पनीलाई प्राथमिकता दिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
