समाचारसोमबार, मंसिर २१, २०७२

हिमाल, पहाड र तराई छुट्टिनेगरी प्रदेश बन्दैनः दाहाल

हिमालखबर

pppएमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले हिमाल, पहाड र तराई छुट्टिनेगरी प्रदेशको सीमाकंन नहुने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘नेपालको संविधान जनताको माझमा’ अभियानको उद्घाटन कार्यक्रममा दाहालले सीमाकंनको नाममा देश विखण्डन गराउने षडयन्त्र भइरहेको बताए । उनले भने, “देश विखण्डन गर्ने षडयन्त्र सफल हुन दिइन्न ।”

दाहालले केही दिनभित्रै नाकाबन्दी हट्ने बताए । उनले आफूलाई भारतीय नेताहरुले फोन गरेर नाकाबन्दी हटाउने जानकारी दिएको बताए ।
उनले नेपालको संंविधान विश्वमा नै समावेशी भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>