Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतीय विदेशमन्त्री स्वराजले नाकाबन्दी स्वीकारिन् - Himalkhabar.com

समाचारसोमबार, मंसिर २१, २०७२

भारतीय विदेशमन्त्री स्वराजले नाकाबन्दी स्वीकारिन्

हिमालखबर

Susham Swarajभारतीय विदेशमन्त्री सुस्मा स्वराजले नेपालमाथि लगाइएको नाकाबन्दी घुमाउरो भाषामा स्वीकारेकी छन् ।

माथिल्लो सदन राज्यसभामा सांसदहरुलाई जवाफ दिने क्रममा उनले नाकाबन्दी स्वीकार गरेकी हुन् । उनको भनाई थियो, ‘नेपालमा पहिलो पटक नाकाबन्दी गरेको होइन, यसअघि पनि भएको थियो ।’ उनले नेपालको संविधान संशोधन भए ५/६ दिनभित्रै नेपालको नाकाबन्दी हट्ने विश्वास व्यक्त गरिन् ।

स्वराजले मधेशको जनताले न्याय पाउने र नाकाबन्दीको असहजता पनि हट्नेगरी राजनीतिक रुपमा समस्याको हल खोजिने बताइन् । उनले नेपालमा हिन्दू राज्य स्थापना गर्न खोजिएको हल्लामा सत्यता नभएको बताइन् ।

मधेशमा आन्दोलन हुनुको कारणबारे विदेशमन्त्री स्वराजले अन्तरिम संविधान उल्ट्याइएको, पर्याप्त बहस नगरी संविधान जारी गरिएको, वैवाहित नागरिकताबारे विभेद गरिएको सांसदहरुलाई जानकारी गराइन् ।

उनले नेपाललाई ‘बिग ब्रोदर’का रुपमा नभई ‘एल्डर ब्रोदर’का रुपमा हेरेको बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>