समाचारमंगलबार, मंसिर २२, २०७२
मधेशको समस्यामाथि बहस गर्दै एमाले
तीन महीना भन्दा लामो समयदेखि बन्द रहेको तराई–मधेशको समस्या समाधानमा पार्टीको भूमिकाबारे नेकपा एमालेले बहस गरिरहेको छ ।
मधेशका २२ जिल्लाका अगुवा कार्यकर्ताहरुले चितवनमा आयोजित विशेष कार्यकर्ता भेलामा बहस गरिरहेको प्रचार प्रमुख योगेश भट्टराईले बताए । उनका अनुसार विभिन्न समूह बनाएर समस्याका कारण र तिनको समाधानमा पार्टीको धारणा तय गरिने भएको छ ।
छलफलका लागि ९ वटा समूह बनाइएको छ । महफुज अन्सारी, रामप्रित पासवा, शत्रुघन महतो, जयप्रकाश थारु, लामणी चौधरी, बैजनाथ चौधरी, शान्ता चौधरी, रामकुमार ज्ञवाली र सत्यनारायण साहको नेतृत्वमा समूह बनाएर छलफल भइरहेको छ ।
मधेशको नेतृत्व गर्ने केन्द्रीय नेता, सांसद र जिल्ला नेताहरुगरी २७० अगुवा नेताहरुको सहभागितामा मधेशबारे बहस भइरहेको छ ।