थप समाचारमंगलबार, मंसिर २२, २०७२

५२ नेपाली एसएसबीको नियन्त्रणमा

हिमालखबर

सुनसरीको भन्टाबारी नाका हुँदै भारतको वीरपुर पुगेका ५२ नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।

उदयपुर, सप्तरी र दोलखा जिल्लाबाट वीरपुरस्थित भीमनगर पुगेका १९ महिला र ३३ पुरुषलाई एसएसबीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।
यो विषयमा सूचना प्राप्त भइसकेको जानकारी दिँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले एसएसबीले नेपालको प्रहरीलाई जिम्मा लगाएर यथार्थ बुझ्ने काम भइरहेको र ती नेपाली भारतीय भूमिमा नै रहेको बताए।

सुनसरीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाको टोली वीरपुरतर्फ प्रस्थान गरिसकेको छ । उनीहरु के कति कारणले भारतको भूमिमा पुगेका हुन् भन्ने कुराको सत्यतथ्य बुझेर उनीहरुलाई नेपाल ल्याउने वा छाडिदिने भन्ने कुराको छिनोफानो हुने बताइएको छ ।

एसएसबीले भने उनीहरुलाई मानव तस्करी गर्ने गिरोहले प्रलोभनमा पारेर बेचबिखनका लागि भारतीय भूमि ल्याएको हो कि भन्ने आशङ्कामा नियन्त्रणमा लिएको बताएको प्रजिअ पन्थले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>