रमझममंगलबार, मंसिर २२, २०७२

‘प्रवासी नेपालीका कथाहरू’

हिमालखबर

8a40da5a-5e1f-4cb2-bbe5-ea5370570028

तस्वीरः गाेपेन राई/हिमालखबर

नेपाल आर्ट काउन्सील, बबरमहलमा ‘घरबाट धेरै टाढाः प्रवासी नेपालीका आफ्ना कथाहरू’ नामक फोटो तथा एडियो प्रर्दशी एवं अन्तक्रिया कार्यक्रम सुरु भएको छ ।

२२–२४ मंसिरसम्म चल्ने प्रर्दशनीमा भारतमा अनौपचारिक क्षेत्रमा काम गरिरहेका ३० जना नेपाली महिलाको अनुभव र कथालाई उनीहरूकै आवाजमा राखिएको छ ।

बर्दिया, इलाम, झपा, महेन्द्रनगर, मोरङलगायत जिल्लाबाट रोजगारीका लागि भारत गएका महिलाको दैनिकी, उनीहरूको परिवार र समुदायको अनुभवलाई श्रव्य तथा तस्बिरको माध्यमबाट प्रस्तुत गरिएको छ ।

“रोजगारीका लागि भारत जाने नेपाली महिलाको संख्या बढ्दो छ”, महिला अधिकारकर्मी डा. रेणु अधिकारी भन्छिन्, “तर, उनीहरूले कामअनुसारको पारिश्रमिक पाइरहेका छैनन् ।”

आप्रवासी कामदारको क्षेत्रमा पैरवी गर्दै आएका द एचआरआई इन्स्टिच्युट, मदन पुरस्कार पुस्तकालय, महिला पुनस्र्थापना केन्द्र (ओरेक), पौखरी, ड्यान चर्चएड र स्टिचिङ रोटरड्याम संस्थाको संयुक्त पहलमा गरिएको अनुसन्धानलाई नै प्रर्दशनीमा राखिएको हो ।

यी संस्थाले झ्ण्डै १८ महीना लगाएर भारतको मुम्बई, बेङगालुरलगायत शहरमा कार्यरत नेपाली महिलासँग अन्तवार्ता लिएका थिए ।

“आप्रवासनले कामदार र तिनको समुदायमा पारेको प्रभावलाई उजागर गर्न हामीले यो प्रोजेक्ट तयार पारेका हौं”, एचआरआई संस्थाका डेभिड स्मिथ भन्छन्, “यसले आप्रवासी कामदारको अधिकार सुनिश्चित गर्न मद्दत गर्नेछ भन्ने विश्वास लिएका छौं ।”

मदन पुरस्कार पुस्तकालयले भने प्रवासी महिलाको अनुभवलाई अभिलेखमा राख्न कार्यक्रममा सहभागीता जनाएको बताएको छ ।

कार्यक्रममा विज्ञ, अधिकारकर्मी, विश्लेषकमाझ् ‘बसाईसराई र जिविकोपार्ज’, ‘महिला र काम’ तथा ‘आप्रवासन र सञ्चार’ विषयमा छलफल गराइने स्मिथले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>