Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सोह्रबुँदे प्रस्ताव पारित गर्दै एमाले विशेष भेला सम्पन्न - Himalkhabar.com

समाचारबुधबार, मंसिर २३, २०७२

सोह्रबुँदे प्रस्ताव पारित गर्दै एमाले विशेष भेला सम्पन्न

हिमालखबर

सोह्र बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको विशेष राष्ट्रिय कार्यकर्ता भेला सौराहामा सम्पन्न भएको छ ।

भेलाले समानुपातिक–समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा संविधान संशोधनका निम्ति व्यवस्थापिका–संसद्मा दर्ता भएको संशोधन विधेयकलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

प्रदेश सीमाङ्कनका सम्बन्धमा छलफल र राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्नेगरी भेला सकिएको हो । यसका लागि राजनीतिक समिति बनाएर तीन महिनामा टुङ्गो लगाउन र आन्दोलनरत दललाई आन्दोलनका कार्यक्रम फिर्ता लिन पनि भेलाले आह्वान गरेको छ ।

मुख्य राजनीतिक दलकाबीच भएको सहमतिलाई भेलाले समर्थन जनाएको छ । “सीमाहरू पुनरावलोकन गर्दा जातीय सद्भाव अभिवृद्धि हुने, राष्ट्रिय अखण्डता अझ सुदृढ हुने तथा विकास निर्माण र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्यलाई सहयोग पुग्ने कुरा सुनिश्चित गर्नुपर्ने र यस क्रममा जनताको चाहनालाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा भेला विशेष जोड दिन चाहन्छ”– भेलाको प्रस्ताव नं ६ मा भनिएको छ ।

संविधानको प्रभावकारी कार्यान्वयनमार्फत शान्त, लोकतान्त्रिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने जनताको चीरप्रतिक्षित आकाङ्क्षालाई पूरा गर्न एकताबद्ध भएर अगाडि बढ्न भेलाले आह्वान गरेको छ ।

तराई मधेसका आम जनसमुदाय, उद्योगी व्यवसायीलगायत पीडित नेपाली नागरिकलाई ठोस राहत उपलब्ध गराउनसमेत भेलाले माग गरेको छ ।

बन्द, हडताल र आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्ने दिशामा जिम्मेवार भूमिका खेल्न हिंस्रक, अराजक र सामाजिक सद्भाव बिथोल्ने खालका अभिव्यक्ति या गतिविधि हुन नदिन आन्दोलनरत पक्षलाई र नागरिकको जीउधनको रक्षा गर्न भेलाले सरकारसँग आग्रह गरेको छ ।

साढे दुई महिनादेखि जारी भारतद्वारा अघोषित नाकाबन्दीका कारण उत्पन्न हुन थालेको गम्भीर मानवीय सङ्कटप्रति भेलाले गहिरो चिन्ता प्रकट गरेको छ ।

यस्तो नाकाबन्दी संयुक्त राष्ट्रसङ्घको बडापत्र, सार्क चार्टर र दुई देशबीचका सन्धि सम्झौताको समेत प्रतिकूल भएको ठहर पनि गरिएको छ ।

यो सङ्कटको अवसरमा सहयोग गर्ने अन्तर्राष्ट्रिय निकायलाई भेलाले धन्यवाद दिएको छ । सामन्ती संस्कृतिको अवशेषका रूपमा रहेका सबैखाले विभेदकारी व्यवहारलाई अन्त्य गर्न अग्रपङ्क्तिमा उभिएर पहल गर्ने पनि भेलाको निष्कर्ष छ ।

तराई मधेसको समग्र विकासको ठोस अवधारणा अगाडि सार्न भेलाले सरकारको ध्यानाकर्षण गरेको छ ।

“आत्मनिर्भरता र अन्तरनिर्भरताको दिशामा ठोस कदम चाल्न, संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण एवम् राष्ट्रियहितको रक्षा र राष्ट्रिय एकताका लागि सबै वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न हार्दिक आह्वान गर्दछ”– पारित प्रस्तावमा उल्लेख छ ।

भेलाले सबैखाले चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकतालाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपले अझ बढी सुदृढ गर्दै अगाडि बढ्न पार्टीलाई विशेष आह्वान गरेको छ ।

यो भेलाले ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धिः अबको अभिभारा राष्ट्रिय एकता सुदृढीकरण र समृद्धि’ मूलनाराका साथ प्रस्तावित गरिएको तीनमहिने विशेष कार्ययोजनालाई सर्वसम्मतरुपमा पारित गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कदमप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पूर्वाग्रही ढङ्गले र प्रतिशोध साधन गर्ने हिसाबले गरिने कुनै पनि गतिविधि अनुचित हुने कुराप्रति पनि भेलाले ध्यानाकर्षण गराएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>