समाचारबुधबार, मंसिर २३, २०७२

आयोगले मधेश अनुगमनलार्इ निरन्तरता दिने

हिमालखबर

राष्ट्रिय मानवअधिकार आयोगले मधेश आन्दोलनको अनुगमन/अनुसन्धान गर्ने कार्यलाई पुनः निरन्तरता दिने भएको छ ।

गत १७ मंसीरमा सर्लाही जिल्ला नवलपुरको जुटपानीमा आयोगको अनुगमन टोलीमाथि भएको आक्रमण तथा गाडीमा भएको तोडफोडपछि आयोगले असुरक्षाको कारण देखाउँदै अनुगमन स्थगित गरेको थियो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतासँग आयोगले गरेको छलफलमा मोर्चाका नेताले अनुगमन टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा आयोगको अनुगमन टोलीलाई सहयोग गर्ने बताएपछि आयोगले पुनः अनुगमन शुरु गर्न थालेको आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, तराई मधेश सद्भावना पार्टीका रामनरेश राय, सङ्घीय समाजवादी फोरम नेपालका लालबाबु राउत र मधेसी बुद्धिजीवीसहितको छलफलमा आयोगका अध्यक्ष अनुपराज शर्माले अनुगमन कार्यलाई निरन्तरता दिने भन्दै अनुगमन गर्ने संवैधानिक दायित्वअनुरुप आयोग चल्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>