समाचारबुधबार, मंसिर २३, २०७२
एसएसबीले पक्राउ गरेका ५३ नेपाली रिहा
भारत, बिहारकोे वीरपुरमा २१ मंसीर बेलुका पक्राउ परेका ५३ नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले २२ मंसीर अपरान्ह छाडेको छ ।
मजदुरीका लागि नेपालका विभिन्न जिल्लाबाट भारत राजस्थानको जयपुरतर्फ हिंडेका नेपालीलाई एसएसबीले एक रात थुनेर छाडेको थियो ।
पक्राउ परेका नेपालीलाई लिन वीरपुर पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चिरञ्जिवी कोइरालाले भारतीय सुरक्षाकर्मीले रातभर सोधपुछ गरेर ३७ जनालाई छाडेको र १६ जनालाई नेपाल प्रहरीको जिम्मा लगाएको बताए ।
नेपाल प्रहरीलाई जिम्मा लगाइएकामा ९ महिला र ७ पुरुष छन् । ति मध्ये कम उमेरका युवा र दुई जोडी दम्पतीलाई छाडिएको र ६ युवती तथा ३ युवकका बारेमा अनुसन्धान भई रहेको कोइरालाले बताए ।
उनीहरु रोजगारीकै क्रममा गएका भए पनि केही व्यक्तिलाई अनुसन्धान गर्र्न पर्ने देखिएको प्रहरीको भनाई छ ।
नेपाली पक्राउ पर्ने बित्तिकै रातिनै भारत पुगेका डीएस्पी कोइरालाले नेपाल भारत आवत जावत गर्ने दुई देशका नागरिकलाई बिना कारण पक्राउ नगर्न एसएसबीलाई आग्रह गरेको बताए ।
कमल रिमाल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
