समाचारबुधबार, मंसिर २३, २०७२

भारतबाट ग्यास ल्याउने समूह र मधेशी मोर्चाका कार्यकर्ताबीच झडप

हिमालखबर

पर्साको महादेवपट्टी–१ बलुवामा मधेशी मोर्चाका कार्यकर्ता र भारतबाट ग्यास ल्याइरहेको समूहबीच झडप भएको छ ।

झडपमा मोर्चाका दुई कार्यकर्ता स्थानीय शेख मोजिब र सुरेश दास घाइते भएका छन् ।

२२ मंसीर राति करिब ९ बजे भारतबाट ट्याक्टरमा राखेर ग्यास सिलिन्डर ल्याउँदै गरेको समूह र मधेशी मोर्चाका कार्यकर्ताबीच झडप भएको हो । भारतबाट ग्यास ल्याउँदै गरिएको सूचना पाएका मोर्चाका कार्यकर्ताहरुले ग्यास खोस्न पुगेपछि भएको झडपमा मोर्चाका कार्यकर्ताहरु घाइते भएका हुन् ।

ट्याक्टरमा रहेको १० सिलिन्डर ग्यासमध्ये मोर्चाका कार्यकर्ताहरुले दुईवटा आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् भने ८ सिलिन्डर ग्यास उक्त समूहले आफूसँगै लगेको छ ।

वीरगञ्ज–रक्सौल नाका ठप्प भएपछि पर्साको ग्रामिण क्षेत्रका अन्य नाकाहरुबाट इन्धन तथा उपभोग्यवस्तुको तस्करी बढेको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>