थप समाचारबुधबार, मंसिर २३, २०७२

रात परेपछि खुल्छ रुपैडिहा नाका

हिमालखबर

e2abd9d6-498e-4700-9f0b-13a0b3878d39संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले धर्ना दिएपछि दिनभर अवरुद्ध हुने नेपालगञ्ज–रुपैडिहा नाका रातपरेपछि सञ्चालन हुँदै आएको छ ।

केही दर्जन संख्यामा धर्ना बस्ने मोर्चाका कार्यकर्ता घर फर्केपछि भारतीय पक्षले गाडी छोड्न थालेको प्रहरीले जनाएको छ । २१ मंसीरयता रात परेपछि नाका सञ्चालनमा आउन थालेको हो ।

गएराति उक्त नाकाबाट १२ डिजेल, ५ हवाई इन्धन, एक मट्टितेल बोकेको ट्यांकर र २८ मालबाहक गाडी नेपाल भित्रिएको जमुनहा प्रहरीले जनाएको छ ।
यसअघि, २२ मंसीर राति २ ट्यांकर डिजल, १ ट्यांकर हवाई इन्धन र ५८ अन्य मालबाहक गाडीहरु भित्रिएको थियो ।

सीमापारी ३० बढी इन्धनका ट्यांकरसहित डेढ सय बढी गाडीहरु रोकिएको प्रहरीले जनाएको छ ।

–केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>