थप समाचारबुधबार, मंसिर २३, २०७२

प्रहरी र गाँजा तस्करबीच भिडन्त

हिमालखबर

सप्तरीको टिकुलियामा प्रहरी र गाँजा तस्करबीच २२ मंसीर राति गोली हानाहान भएको छ ।

गोलीबाट हताहती नभएपनि प्रहरीले ४० किलो गाँजा बरामद गरेको छ । सप्तरी र सिरहाको सिमानामा पर्ने टिकुलिया–८, स्थित बलान खोलामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो ।

सप्तरी प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गाँजा तस्करलाई नियन्त्रणमा लिन गएका प्रहरीमाथि तस्करहरुले गोली प्रहार गर्दा प्रहरीले पनि जवाफी फायरिङ्ग गरेको थियो ।

तस्करहरुले दुई राउण्ड हवाई फायर गर्दा प्रहरीले दुई राउण्ड फायर गरेलगत्तै गाँजा लिएर भारततर्फ गइरहेका तस्करहरु गाँजा छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

-श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>