थप समाचारबुधबार, मंसिर २३, २०७२
कार्यकर्ता रिहाई गर्न फोरम नेपालको माग
संघीय समाजवादी फोरम नेपालले प्रहरी हिरासतमा रहेका आफ्ना कार्यकर्ता रिहाईको माग गरेको छ ।
बाँके मनिकापुर २, का राकेश लोनिया, सुवास लोनिया, लायकराम लोनिया, जगतराम लोनिया र बाबादिन लोनियालाई लाई सार्वजनिक मुद्दा दायर गर्दै हिरासतमा राखिएकाले उनीहरुको रिहाईको माग गरेको हो ।
आन्दोलनका क्रममा पक्राऊ परेका मध्ये बाबादिन लोनियालाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा लगाएको छ । पाँचै जनालाई झुठा मुद्दा लगाएर प्रहरीले फसाउन खोजेको फोरम नेपालले जनाएको छ ।
फोरम नेपालले कांग्रेस र एमाले परित्याग गरेका यी पाँचै जनालाई रिस साध्न झुठा मुद्दा दायर गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>