थप समाचारबुधबार, मंसिर २३, २०७२

रिहाईको माग गर्दै वीरगञ्जमा रिले अनशन

हिमालखबर

SAM_6272प्रहरी हिरासतमा रहेका नेता–कार्यकर्ता रिहाईको माग गर्दै संघीय समावेशी मधेशी युवा गठबन्धन पर्साले रिले अनशन शुरु गरेको छ ।

२३ मंसीरदेखि पक्राउ परेका आफ्ना नेता-कार्यकर्तलाई  निःशर्त रिहाईको माग गर्दै वीरगञ्जको घण्टाघर अगाडि गठबन्धनले अनशन थालेको  हो । गठबन्धन पर्साका नेता एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादवले पक्राउ परेकाहरु  रिहा नभएसम्म  अनशन जारी रहने बताए ।

नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष डा. रामदेव तिवारीको कार्यकक्ष तोडफोड गरेको अभियोगमा गठबन्धनका युवा नेताहरु ईश्वरचन्द यादव, अनिल गुप्ता, निशान्त मिश्रालाई प्रहरीले सार्वजनिक अपराधको अभियोगमा मुद्दा चलाएको  छ ।

–सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>