समाचारबुधबार, मंसिर २३, २०७२
कक्षा १२ सम्म ग्रेडिङ प्रणाली लागू गर्ने तयारी
ग्रेडिङ प्रणालीबाट यो बर्षदेखि एसएलसी परीक्षा सञ्चालनको तयारी शुरु भएको छ ।
शिक्षा मन्त्रालयमा आज बसेको बैठकले कोही पनि परीक्षार्थी अनुत्तीर्ण नहुनेगरी ग्रेडिङ प्रणालीबाट परीक्षा सञ्चालनको तयारी गर्ने निर्णय गरेको हो । गत वर्ष प्राविधिक विषयका परीक्षार्थीमा यो प्रणाली लागू गरिएको थियो ।
“एलसलसी मात्रै नभई कक्षा १२ सम्म नै यो प्रणालीबाट परीक्षा सञ्चालनको तयारी गर्ने निर्णय भएकाे छ”, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका सचिवालय स्राेतले भने । एसएलसीमा यो वर्षबाटै लागू हुने र विस्तारै कक्षा ११ र १२ मा पनि यो प्रणाली लागू गर्ने मन्त्रालयको तयारी छ ।
नीजि विद्यालयहरुको यसको विरोध जनाइरहेका बेला कुनै पनि कक्षामा विद्यार्थी अनुत्तीर्ण नहुने प्रणाली मन्त्रालयले अघि बढाएको छ ।