रमझमबिहीबार, मंसिर २४, २०७२

काठमाडौंमा किम्फ शुरु

हिमालखबर

उद्घाटन समाराेह । तस्वीरहरुः गाेपेन राई/हिमालखबर

उद्घाटन समाराेह । तस्वीरहरुः गाेपेन राई/हिमालखबर

काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २४ मंसीरदेखि कमलपोखरीस्थित कुमारी सिनेमा हलमा शुरु भएको  छ ।

२४ देखि २८ मंसीरसम्म पाँच दिन चल्ने फिल्म महोत्सवमा २५ देशका ८० वटा फिल्मको प्रदर्शन हुँदैछ । किम्फ २०१५ को निर्णायक मण्डलका ब्रिटिस पर्वतारोही र पत्रकार एड डगलस्,कोरियाकी प्राध्यापक युन यङ्ग किम तथा विभिन्न पुरस्कारबाट सम्मानित भारतीय फिल्म सम्पादक नम्रता राव तथा वरिष्ठ फिल्म समालोचक प्रेमेन्द्रनाथ मजुमदारले संयुक्त रुपमा महोत्सवको उदघाटन गरेका थिए ।

2.begin again_still09
किम्फका अध्यक्ष बसन्त थापाले महाभुकम्प र भारतीय नाकाबन्दीको मार खेपीरहेको अवस्थामा सीमीत साधन श्रोतका भरमा महोत्सव गर्नु एकदमै कठिन भएको बताए । समारोहमा अन्तराष्ट्रिय महिला क्लाईम्बीङ गाईड पासाङ ल्हमु शेर्पा अंकीताले हिमाल आरोण र पर्वतारोहण क्षेत्रका सम्भावना र चुनौतिबारे आफनो अनुभव सुनाएकी थिईन् ।

गणेश पाण्डेद्वारा निर्देशित ‘भाग्यले बाँचेकाहरू’ शीर्षक डकुमेन्ट्रीको प्रदर्शनबाट किम्फको उद्घाटन गरिएको थियो ।  यो फिल्मले भुइँचालोबाट जोगिएका नेपालीहरुको कथा र भुइँचालोपछिको देशको अवस्थालाई चित्रित गरेको छ ।

2हरेक वर्षझैं यसपल्ट पनि किम्फमा विविध धारका सिनेमाहरु अन्तर्गत डकुमेन्ट्री, फिक्सन, एडभेन्चर, प्रयोगात्मक लघु फिल्म, एन्थ्रोपोलोजिकल न्यारेटिभ्स् र एनिमेशन त देखाइनेछ नै, नेपालपानोरामा अन्तर्गत नेपाली डकुमेन्ट्रीहरुको विशेष प्रदर्शन पनि गरिनेछ ।

निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत तीन उत्कृष्ट फिल्म तथा नेपाल पानोरामा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्री फिल्म र फिक्सन फिल्मको छनौट गर्नेछन् ।

महोत्सवका आकर्षण
Sherpaमहोत्सवमा सिनेकर्मी, फिल्मपारखी, बुद्धिजीवी, पत्रकार, कलाकार तथा पर्वतप्रेमीहरुको सहभागिता हुनेछ । महोत्सवमा प्रतिस्थापन कला र फोटो प्रदर्शनी पनि हुनेछन् ।

यस पटक भारतीय पर्वतारोही तथा फोटोग्राफर अभिजित सिंहका तस्बिरहरुको प्रदर्शनी गरिनेछ । त्यसबाहेक ‘ट्रेन्डस् इन साउथ एसियन इन्डिपेन्डेन्ट सिनेमा’ विषयक परिसंवाद किम्फको अर्को आकर्षण हुनेछ ।

परिसंवादमा मीनभाम (निर्देशक, ‘कालो पोथी’), छिरिङ रितार (फिल्मनिर्देशक), नम्रता राव (चर्चित हिन्दीफिल्म ‘कहानी’का सम्पादक) तथा भारतकावरिष्ठ फिल्म समालोचक प्रेमेन्द्रनाथ मजुमदारको सहभागिता हुनेछ ।

किम्फको अभिन्न अंग बन्न पुगेको लोकप्रिय हाजिरी जवाफ प्रतियोगिता ‘नो योर हिमाल’को सञ्चालन सदाझै अंग्रेजी साप्ताहिक नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित र नेपथ्य ब्यान्डका अमृत गुरुङद्वारा संयुक्त रुपमा हुनेछ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवस (११ डिसेम्बर) को अवसरमा उल्जु माउन्टेन फिल्म फेस्टिभलबाट कोरियाली फिल्महरुको विशेष प्रदर्शन हुनेछ भने त्यसै दिन विश्ववन्यजन्तु संरक्षण कोष नेपालले निर्माण गरेको हिमचितुवा सम्बन्धी फिल्म र वातावरण प्रदूषण सम्बन्धी इसिमोडद्वारा निर्मित मह जोडीको फिल्म“धूवाँ”को प्रदर्शन गरिनेछ ।

यस पटक किम्फद्वारा नेपालको भुइँचालोबारे आयोजना गरिएको ‘साइस्मिक सिफ्ट’नामक लघु फिल्म प्रतियोगितामा उत्कृष्ट ठहरिएका फिल्महरुको प्रदर्शन पनि गरिनेछ ।

I am transcenderअन्तर्राष्ट्रिय खण्डका उत्कृष्ट तीन फिल्मलाई दिइने पुरस्कार राशिपन्ध्र सय, एक हजार र पाँच सय अमेरिकी डलर क्रमशः नेपालपर्वतारोहण संघ, ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) र थामसेर्कु ट्रेकिङले उपलब्ध गराउनेछन् ।

नेपाल चलचित्र विकास बोर्ड र जेन गोडाल इन्स्टिच्युटले नेपाल पानोरामा अन्तर्गतकादुई उत्कृष्ट फिक्सन र डकुमेन्ट्री फिल्म प्रत्येकलाई रु.पचास हजार प्रदानगर्नेछन् । दक्षिण एसियाली क्षेत्रमा पर्वतीय विकास सम्बन्धी बनेका फिल्ममध्ये उत्कृष्टलाई दिइने एक हजार डलरको पुरस्कारको प्रायोजन इसिमोडले गर्नेछ ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको होटल व्यवसायथाल्ने बोरिस लिसानोभिचकाबारे बनेको फिल्म‘टाइगर फर ब्रेकफास्ट’ बाट महोत्सवको समापन हुने  फेस्टिभल निर्देशक रम्यता लिम्बुले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>