थप समाचारबुधबार, मंसिर २३, २०७२

माओवादीद्वारा दिउँसो मदिरा बेच्न रोक

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गुल्मीमा दिउँसो मदिरा बेच्न प्रतिबन्ध लगाएको छ ।

माओवादीको चेतावनीपछि उद्योग बाणिज्य संघले दिउँसो मदिरा नबेच्ने निर्णय गरेको छ । संघले प्लाष्टिक बोतलको ७० यूपिको मदिरा विक्री बन्द गर्ने, दिउँसो खुद्रा मदिरा विक्री नगर्ने, १८ वर्ष मुनिका बालबालिकालाई नबेच्ने, लाइसेन्स नभएकाले मदिरा बेच्न नपाइने निर्णय गरेको छ ।

विप्लवका कार्यकर्ताले एक महीना अघि सूचना निकालेर मदिरा विक्रीमा कडाई गरेका थिए । आफ्नो सूचना उल्लंघन गरेको भन्दै सस्तो, न्यून गुणस्तरको र प्लाष्टिकको भाँडामा राखेर विक्री भएका मदिरा जफत गरी नष्ट गरेका थिए ।

मदिराले विकृती ल्याएकाले यो अभियान अन्तर्गत पहिलो चरणमा ७० यूपिको मदिरा बन्द गराइएको नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए ।

–गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>