थप समाचारबिहीबार, मंसिर २४, २०७२
नेपालगञ्जमा पेस्तोल सहित एक पक्राउ
बाँकेको नेपालगञ्जबाट कटुवा पेस्तोल र विभिन्न प्रकारका गोली सहित एकजना पक्राउ परेका छन् ।
२४ मंसीर बिहान नेपालगञ्ज–२६, मनिकापुरबाट ४० वर्षीय अशोककुमार बर्मालाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
त्यस्तै सोही ठाउँ बस्ने जगतराम लोनियाको घरबाट पनि बन्दुकको गोली बरामद भएको छ ।
जगतराम लोनिया चोरीमा संलग्न भएको आशंकमा यसअघि नै पक्राउ परिसकेका छन् ।
बर्माको घरबाट कटुवा पेस्तोलको गोली, एसएलआर र ३०३ राइफलको गोली ३ राउण्ड, भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा (गोली) ९० वटा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै लोनियाको घरबाट सटगन गोली २ राउण्ड र फायर भएको ४ वटा खोका बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै बर्माको साथबाट ट्वेल्भबोर पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डिएसपी राजिवकुमार बस्नेतले जानकारी दिए ।
इप्रका कोहलपुर र सशस्त्र प्रहरी बल त्रिपुरा गण कोहलपुरको संयुक्त टोलीले तीन दिनदेखि मनिकापुरमा निगरानी गरिरहेको थियो ।
यस्तै यसअघि मनिकापुरबाटै चोरीमा संलग्न भएको आशंका गर्दै ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये ४ जनालाई तारेखमा छोडिएको र ५ जनामार्थि अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी दिए ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
