समाचारबिहीबार, मंसिर २४, २०७२

सयौं बालबालिका पढाई छोडेर तस्करीमा

हिमालखबर

महोत्तरीका विभिन्न सीमानाकामा अहिले तस्करीका लागि सयौं बालबालिका प्रयोग भइरहेका छन् ।

जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड तथा सहायक सीमानाका मटिहानी, सम्सी, कट्टीकटैया, इटहर्वा, पोखरभिण्डा, रघुनाथपुर, खैरबनी, बथनाहालगायतका ठाउँमा दैनिक सयौं बालबालिका विभिन्न सामान ओसारपसारमा लागेको स्थानीय बासिन्दाले बताएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भारतबाट सरसामान ल्याउन रोक लगाएपछि नेपाली व्यापारीले भारतीय सामान ल्याउन सीमानजिक बसोबास गर्ने बालबालिकालाई प्रयोग गरेका हुन् ।

जिल्लाको मटिहानी सीमानाकामा मात्रै दैनिक ५०० को हाराहारीमा बालबालिका भारतीय सरसामान नेपाल ल्याउने काममा संलग्न रहेको स्थानीयवासीको दाबी छ ।

बालबालिकाहरु गाई बाख्रा चराउने बहानामा वनको बाटो हुँदै भारतबाट सामान ल्याउने गरेको स्थानीय बताउँछन् ।

एक दिनमा एउटा बच्चाले दुईदेखि पाँचपटकसम्म सामान ल्याउने र उटा पोकाको १० देखि ५० रुपैयाँसम्म पाउने गरेको एक बालकले बताए ।

सीमाक्षेत्रका धेरैजसोका बालबालिका पढाइलेखाइ छोडेर भारतबाट सरसामान तस्करीमा दिनभरि बिताउने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

लामो समयको बन्द र हडतालका कारण मधेशका बालबालिकाको अध्ययन्‌मा नकारात्मक प्रभाव परेको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>