समाचारबिहीबार, मंसिर २४, २०७२

दिल्लीबाट फर्किएपछि मोर्चाको बैठक बस्दै

हिमालखबर

दिल्ली भ्रमणबाट फर्किएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक तिनकुनेमा बसिरहेको छ ।

भारतीय सरकार तथा राजनीतिक दलका नेताहरुसँगको भेटवार्ताबारे समीक्षा र भावी रणनीति तय गर्न बैठक बसिरहेको छ । आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएकाले कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारे पनि बैठकले निर्णय गर्दैछ ।

बैठकले सरकारसँग कसरी वार्तामा प्रस्तुत हुने भन्नेबारे पनि छलफल हुने बुझिएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष महिन्द्रराय यादवबाहेक सवै शीर्ष नेताहरु बैठकमा सहभागी छन् ।

स्रोतका अनुसार मोर्चाले आज बस्ने संसद् बैठक चल्न नदिने निर्णय लिने संभावना रहेको छ । संसद्मा संविधान संशोधनलगायतका विधयेक पेश गर्ने कार्य योजना रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>