थप समाचारबिहीबार, मंसिर २४, २०७२

मोर्चाका स्थानीय नेता भन्छन्, ‘धर्ना बस्ने मान्छे नभएपछि नाका खुल्यो’

हिमालखबर

आंशिक रुपमा सञ्चालित नेपालगञ्ज–रुपडिहा नाका विहानैबाट खुलेको छ ।

कुनै रोकतोक बिना इन्धन, खाद्य तथा निर्माण सामाग्रीका गाडी नेपाल भित्रिरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म १९ वटा डिजेल, ५ वटा पेट्रोल, ३ वटा हवाई, ४ वटा ग्याँसका ट्यांकर र १४६ वटा खाद्य सामाग्रीका गाडी अहिलेसम्म भित्रिसकेको छ ।

दिनभर मोर्चाका कार्यकर्ता धर्नामा बस्ने भएपछि नाका अवरुद्ध हुँदै आएको थियो । तर, धर्नाबाट मोर्चाका कार्यकर्ता हटेलगत्तै भारतीय पक्षले सहज रुपमा गाडी पठाइरहेको छ ।

मोर्चाका स्थानीय प्रवक्ता पशुपति दयाल मिश्रले धर्नामा बस्ने मान्छे नभएकाले खुला गरिएको बताए । उनले भने, “मान्छे घट्दै गएकाले धर्ना नबसिएको हो, अव बैठक बसेर नयाँ योजना बनाउँछौं ।”

उनले केन्द्रबाट आउने निर्देशन अनुसार नयाँ कार्यक्रम तय हुने बताए । प्रवक्ता मिश्रले भने, “केन्द्रमा पनि बैठक बसिरहेको छ, अव कस्तो कार्यक्रम आउँछ त्यसै अनुसार कार्यक्रम अघि बढ्छ ।”

यता, जोगवनी नाका पनि सहज बन्दै गएको छ । मोर्चाका कार्यकर्ताको अवरोध नभएपनि भारतीय पक्षले रोक्दै आएको गाडीहरु सहज रुपमा पठाउन थालेको छ । स्थानीय अधिकारीहरुका अनुसार त्यहाँ नाकाबन्दीको कुनै प्रभाव देखिएको छैन ।

मूख्य नाका रक्सौल भने खुलेको छैन । त्यहाँ मोर्चाका कार्यकर्ता दिनरात धर्ना बसिरहेका छन् भने भारतीय पक्षले यसैलाई देखाएर सम्पूर्ण आयात रोकेको छ ।

–केशव राना, बाँके
–सुरेश बिडारी, वीरगञ्ज
–कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>