समाचारबिहीबार, मंसिर २४, २०७२
एमाओवादी बैठक स्थगित
एमाओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल सदन खुलाउने विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त रहेकाले बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले बताए ।
उनले भने, “राष्ट्रसामु आएका सङ्कट समाधान गर्ने विषयमा छलफल गर्नुपर्ने भएकाले पार्टीको बैठक स्थगित गरिएको हो । शुक्रबार पुनः बैठक बस्छ ।”
बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथिको छलफल जारी थियो । एक सातादेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशा, सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल चलिरहेको मुख्यसचिव पाण्डेले बताए। रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
