समाचारबिहीबार, मंसिर २४, २०७२
चीन सरकारले दिएको अनुदान धुलिखेल–तातोपानी सडकमा खर्च गरिने
सरकारले चीन सरकारले दिएको १४ अर्व ९४ करोड अनुदान सहयोग धुलिखेल–तातोपानी सडक खण्डमा खर्च गर्ने भएको छ ।
विहान बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले उपलब्ध गराएको अनुदान स्वीकृत गर्दै उक्त सडक खण्डमा खर्च गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले बताए ।
उनका अनुसार भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि जापान सरकार दिएको ३ अर्व ४४ करोड अनुदान रकम पनि बैठकले स्वीकृत गरेको छ । बैठकले नयाँ संविधानले व्यवस्था गरेअनुसार दुई वर्षे तत्काल सुधार कार्य योजना–२०७२, पारित गरेको छ ।
यस्तै, पूर्वाधार आयोजना अनुगमन तथा निर्देशन उच्च स्तरीय समिति पनि गठन भएको छ । समितिमा भौतिक योजना, परराष्ट्र, उर्जा, अर्थ र सञ्चारमन्त्री, अर्थ सचिव, मन्त्रिपरिषद्का सदस्य सचिव रहनेछ ।
–कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
